सम्झनाअनुसार, दशैंको छेउछाउ पारेर बाले मेरा लागि स्कुल ड्रेस किनिदिनु हुन्थ्यो । त्यही स्कुलको नयाँ ड्रेस लगाएर म दशैंमा मावल जान्थेँ । बाको हात समातेर फुङलिङ बजार जान्थेँ । चिप्लेटी खेल्दा च्यातिएका सुरुवाल टालटुल पारिन्थ्यो, रफू भरिन्थ्यो । आमा हजुरआमाका चोलो र बा, हजुरबाका सुरुवालका घुँडाहरू अर्को कुनै कपडाले टालेर रङ्गीबिरङ्गी बनाउने समय पनि त्यही […]