१२ साउन, काठमाडौं । सोमबार ३ बजे सेयर बजार बन्द हुने वित्तिकै नेप्से परिसूचक १२ अंक बढ्यो । तर यो अंक करिब २० मिनेटपछि परिवर्तन भयो र २ अंक घटेको देखियो । कारोबार बन्द भएको करिब २० मिनेटपछि भारित औसत मूल्य समेत समायोजन भइ आउने हुँदा हरेक दिन नेप्सेको अंक परिवर्तन हुँदै आएको छ । […]