१२ साउन, काठमाडौं । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले थाईल्याण्ड र कम्बोडिया तत्काल युद्धविराम लागू गर्ने सहमतिमा पुगेका जानकारी दिएका छन् । उनका अनुसार कम्बोडियाका प्रधानमन्त्री हुन मानेत र थाईल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले ‘तत्काल युद्धविरामप्रति आफ्नो इच्छा प्रकट गरेका’ छन् । अनवरले बताएअनुसार, थाईल्याण्ड र कम्बोडियाबीच स्थानीय समयअनुसार सोमबार मध्यरातदेखि ‘तत्काल र बिना सर्त युद्धविराम’ […]