१२ साउन, काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल विकास समितिको कार्यकारी निर्देशकमा डा. उज्जव चालिसे नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उनलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।