३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका निलम्बित प्रहरी प्रमुख राजुनाथ पाण्डे अदालत गएका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध पाण्डेले उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका हुन् । पाण्डेले भने यसबारे आफूले कुनै प्रतिक्रिया नदिने अनलाइनखबरसँग भने । तर, अदालत स्रोतले दिएको जानकारी अनुसार, पाण्डेले दिएको निवेदन आजै दर्ता भएको छ ।