५ असार, काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा दोस्रो राष्ट्रिय मुवाँथाई प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा एमेच्योरतर्फ जम्मा २० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुषमा १३ र महिलामा ७ स्पर्धामा खेल हुने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । प्रतियोगितामा ६ प्रदेश र नेपाल एपीएफ क्लबबाट ८७ खेलाडी सहभागी हुने छन् । […]