बुद्ध एअर ‘बाई द बुक’ गैर आख्यानको यस्तो पुस्तक हो, जसले बुद्ध एअरका सारथि वीरेन्द्रबहादुर बस्नेतको रामकहानी, बुद्ध एअरको नालीबेली र नेपाली आकाशको उड्डयन संसारको कथा पस्किन्छ । यो पुस्तक एकसाथ वीरेन्द्रबहादुर बस्नेतको आत्मकथा हो । बुद्ध एअरको कथा हो । बुद्ध एअरका सारथि वीरेन्द्रबहादुर बस्नेतको उड्डयन अनुभव र उद्यमशीलताको अनुभूतिको विवरण पनि हो । […]