७ असार, काठमाडौं । सभामुख देवराज घिमिरेले आज पनि पेलेरै अघि संसद्को बैठक अघि बढाएका छन् । आज पनि संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधका बीच सभामुखले सभाको कामकारबाही अगाडि बढाएका हुन् । प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटको मन्त्रालयगत शिर्षकमाथिको छलफल जारी रहेको छ ।