१४ साउन, काठमाडौं । काठमाडौंमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको दंगीशरण गाउँपालिका–६ घर भएका २२ वर्षीय रमेश खड्का छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।