१४ साउन, काठमाडौं । अल्पविकसित मुलुकबाट हुने स्तरोन्नति (एलडीसी ग्र्याजुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा प्रस्तुत भएको छ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले बुधबार राष्ट्रिय सभामा प्रतिवेदन प्रस्तुत गरेकी हुन् । समितिले यसअघि ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ तयार पारेको थियो । […]