१४ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा फेरि दोस्रो स्थानमा उक्लिएका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र दोस्रोमा छन् । यसअघि दोस्रो स्थानमा रहेका वेस्ट इन्डिजका अलराउण्डर रस्टन चेजको वरियता खस्किँदा दीपेन्द्र तेस्रोबाट दोस्रोमा उक्लिएका हुन् । नेपाली टोलीले डेढ महिनायता कुनै पनि अन्तर्राष्ट्रिय […]