१४ साउन, जनकपुरधाम । सर्लाहीको बागमती नगरपालिकास्थित भरत तालमा एक युवतीको शव फेला परेको छ । अन्दाजी २२ वर्षीया युवतीको शव आज दिउँसो फेला परेको हो । अहिलेसम्म उनको सनाखत हुन नसकेको सर्लाही प्रहरीले जनाएको छ । हरियो कुर्ता र निलो जिन्स पेन्ट लगाएकी युवती तराइमुलको देखिन्छन् । शव तालमा तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर […]