१४ साउन, काठमाडौं । राजधानीको मुटुमा रहेको नेपाली खेलकुदको मुख्य केन्द्रको रुपमा रहेको राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलको स्तर फेरिएको छ । पुनर्निर्माणपछि राखेपको कभर्डहल अहिले अन्तर्राष्ट्रिय स्तरको बनेको छ । कमजोर पूर्वाधार भएकोले अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्दा विभिन्न किसिमका समस्याहरू उत्पन्न भएपछि राखेपले नै आफ्नै हातामा रहेको बहुउद्देशिय कभर्डहल पुनर्निर्माण कार्य थालेको थियो […]