१५ साउन, काठमाडौं । करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा एक सहकारीका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्ने रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारीका अध्यक्ष अशोक केसी छन् । दोलखाको मेलुङ गाउँपालिक–६ घर भएका ३४ वर्षीय अध्यक्षलाई भक्तपुरबाट पक्राउ गरी रुपन्देही ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता गणेश सापकोटाले बताए । […]