काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक स्थलहरूमा धूम्रपान गरे प्रत्येक पटक पाँच सय जरिवाना तिर्नुपर्ने भएको छ । हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको हो । महानगरका सहायक प्रवक्ता धुव्र कुमार काफ्लेका अनुसार, सार्वजनिक स्थानमा धूम्रपान ज्यादा हुने गरेको गुनासो धेरै आएपछि यो कदम चालिएको हो […]