१५ साउन, काठमाडौं । आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली थाइल्यान्डको पटाया जाने भएको छ । त्यसका लागि टोली अगष्ट ८ तारिख थाइल्यान्ड प्रस्थान गर्ने छ । अगष्ट ९ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष २५–२८ केजीमा आर्यन अम्गाईं तथा ३५–३८ केजीमा आर्यन तामाङले प्रतिस्पर्धा गर्ने छन् । […]