नेपालका चार प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठान बीपी कोइराला (धरान), कर्णाली, पोखरा र पाटन तीन महिनादेखि उपकुलपतिविहीन छन् । असार पहिलो साताबाट स्वास्थ्य मन्त्रालयले उपकुलपति छनोट प्रक्रिया सुरु गरे पनि कांग्रेस र एमालेबीच भागबन्डा नमिल्दा नियुक्ति प्रक्रिया अड्किएको छ ।