१६ साउन, काठमाडौं । पलेशा गोवर्धनले दशौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा शुक्रबार कांस्य पदक जितेकी छन् । मलेसियाको कुचिङमा भएको प्रतियोगितामा पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता पलेशाले के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गरी कांस्य जितेको प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् । चीनको सांघाईमा अध्ययन गरिरहेकी पलेशा त्यतैबाट […]