अहिलेका सर्वाधिक व्यस्त अभिनेता हुन्, विजय बराल । ‘पूर्णबहादुरको सारङ्गी’माफर्त जसरी उनले कीर्तिमानी प्रभाव छाड्न सफल भए, त्यसले उनलाई थप बेफुर्सदिलो बनाइदियो । एकपछि अर्को सिनेमाको प्रस्ताव, अन्तर्वार्ता, भेटघाटले गर्दा जीवनको गति तीब्र बनाउनुपर्ने अवस्था आइदियो । यो कस्तो समयावधि रह्यो भने, एकातिर उनीसँग खेल्ने उमेरका कलिलो छोरो छन्, अर्कातिर सिनेमाको अविश्राम काम छ । […]