काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘रियाल रिंगेट’का निर्माताले प्रदर्शन रोक्ने निर्णय गरेका छन् । विज्ञप्ति जारी गर्दै निर्माता गगनलाल प्रधानले सोमबारदेखि प्रदर्शन स्थगन गरिएको जनाएका हुन् । उचित समयमा शो नदिएको कारण प्रदर्शन रोक्ने निर्णय गरिएको निर्माता प्रधानले जनाएका छन् । ‘दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त हुँदाहुँदै र हललाई बारम्बार अनुरोध गर्दा पनि उपयुक्त शोको […]