१८ साउन, पाेखरा । पाेखराकाे लिचीबारी हडप्ने प्रपञ्च गरिएकाे अडियाे प्रकरणमा जाेडिएका सुजन लामालाई नेकपा एमाले गण्डकी प्रदेश कमिटीले सदस्यबाट निलम्बन गरेकाे छ । संघीय मन्त्रीहरूसमेत जाेडिएकाे अडियाे प्रकरणले देशैभरि तरंग ल्याएकाे थियाे । याे प्रकरणमा बिचाैलिया भनिएका लामालाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरिएकाे सचिव धनञ्जय दवाडीले जानकारी दिए । पोखराको बाटुलेचाैरमा रहेकाे करिब १३५ […]