१८ साउन, विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशभित्र तीन कामका लागि कार्ययोजना बनाउने भएको छ । शान्ति सुरक्षा सुदृढ गर्दै लागूऔषधको कारोबार, सडक सुशासन र सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न कार्ययोजना बनाउने भएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा आज बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा प्रदेशको समग्र […]