१९ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षको बैठक बसिरहेको छ । हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा असन्तुष्ट नेताहरूको बैठक जारी छ । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका नेताहरू पनि सहभागी छन् । वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे, पदमुक्त गरिएका उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री डा. धवल शमशेर राणा, महामन्त्री कुन्ती कुमारी […]