१९ साउन, काठमाडौं । चिकित्सकको विशेष परीक्षा (स्पेशल एक्जाम)मा ९१.८२ प्रतिशत उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले गत १५ र १६ साउनमा परीक्षा लिएको थियो । काउन्सिलका अधिकारीका अनुसार उक्त नतिजाले सम्भवत ऐतिहासिक रेकर्ड कायम गरेको छ । काउन्सिल रजिष्ट्रार डा.सतिशकुमार देवका अनुसार यसपटकको परीक्षाका लागि कुल एक हजार ७९ जनाले फारम भएका थिए […]