१९ साउन, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीन दलित र सुकुमबासीलाई राजश्व नलिइने स्पष्ट पारेका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सिंहदरबारमा आइतबार भएको भूमिसम्बन्धी विधयेकको छलफलमा उनले यस्तो बताएका हुन् । भूमिहीन, सुकुमबासी र अव्यवस्थित नागरिकलाई जग्गा उपलब्ध गराउँदा सरकारले आवश्यक ध्यान दिने उनको भनाइ थियो । […]