१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरूलाई पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति नदिन सचेत गराएको छ । सोमबार सम्पन्न पार्टी स्थायी समिति बैठकले नेतृत्वविरुद्ध अभिव्यक्ति नदिन पार्टी नेता कार्यकर्ताहरूलाई सचेत गराएको हो । सचिव हरिबोल गजुरेलले पार्टीका नेताहरूमा संगठनात्मक अराजकता र नेतृत्वका बिरूद्ध जथाभावी अभिव्यक्ति दिने क्रम बढेपछि स्थायी समिति बैठकले यो निर्णय गरेको बताए । […]