समाचार

माइतीसँग निरन्तर कुरा गरिरहे, अन्तिममा आफैं संलग्न देखिए

News Image

१० भदौ, काठमाडौं/बनेपा । अमेरिकाको भर्जिनियाबाट नर्स ममता काफ्ले भट्ट नेपालमा रहेकी आमा गीता काफ्लेलाई दैनिक जसो भिडियो कल गरिरहन्थिन् ।

तर, पनौती–६, काभ्रेमा रहेकी आमा गीतालाई गएको १५ साउनमा छोरीको फोन आएन । आफैं लगाइ हेरिन्, उठेन । ‘केही काम व्यस्त भइन् होला भन्ने लाग्यो’, गीता सम्झन्छिन्, ‘तर, अर्को दिन पनि कुरा हुन सकेन ।

लगातार तीन दिनसम्म सम्पर्क नभएपछि उनले ज्वाइँ नरेश भट्टलाई फोन लगाइन् । उनले पनि उठाएनन् । पहिले कहिल्यै यसरी घरमा खबर नगरी यत्तिका दिनसम्म ममता हराएकी थिइनन् ।

‘कस्तो ननिको लाग्यो, त्यसपछि अमेरिकीमै छोरीभन्दा अलि टाढा रहेकी आफन्त सुनिता भण्डारीलाई फोन लगाएँ’, उनले अनलाइनखबरसँग सुनाइन्, ‘नानी छोरीको फोन लागेन के भयो होला, ज्वाइँले पनि उठाउनु भएन । तपाईंले गरिदिनु न भनेँ ।’

साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP