विश्वव्यापी रूपमा जनप्रतिनिधिमूलक संस्था संसद् 'डेथ अफ मोरालिटी' मा रूपान्तरण भएका छन्। सांसदका मत तथा विश्वास सरकार निर्माण गर्दा होस् या कानून र बजेट निर्माणका क्रममा होस्; खुला बजारको उछाल झैं किनबेच भइरहन्छन्। सांसदका यस्ता असामान्य व्यवहारले नागरिकमा लोकतन्त्रप्रति अविश्वास र वितृष्णा बढाएको छ। लोकतन्त्रको मूल्यमान्यता ह्रास भएको छ भने जनताको विश्वासलाई खण्डित गरेको छ।