सन् १९४० को दशकको अन्त्यतिर ख्यातिप्राप्त बेलायती संगीतज्ञ सर युजिन गुसेन्सले ओपेरा हाउसको निर्माण परियोजना अघि सारेका थिए । उनी त्यो समयका प्रसिद्ध ओपेरा कन्डक्टर थिए । दोस्रो विश्वयुद्धपछि उनी संगीतको निर्देशक भएर अस्ट्रेलिया पुगेका थिए । त्यसअघि उनले बेलायत र अमेरिकामा काम गरिसकेका थिए । अस्ट्रेलियामा भने उनी सिड्नीमा अवस्थित न्यू साउथ वेल्स स्टेट […]