२१ साउन, काठमाडौं । गायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ । पोखराबाट वालिङ जाँदै गरेको गायक शर्मा सवार ग १ च ४१७१ नम्बरको कार दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी दधिराम न्यौपानेका अनुसार, सिद्दार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटनामा परेको हो । उक्त कारमा चार जना सवार थिए […]