२१ साउन, काठमाडौं । भुटानमा आजदेखि सुरु भएको एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपाल भुटानसँग बराबरीमा रोकिएको छ । थिम्पुको चाङ्लिमिथाङ स्टेडियममा भएको खेलमा नेपाललाई भुटानले १-१ को बराबरीमा रोकेको हो । खेलको पहिलो हाफको १८ मिनेटभित्रै दुवै गोल भएको थियो । पहिलो मिनेटमै सेनु परियारले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् […]