समाचार

सानुमाथा थिङले विश्व कराते च्याम्पियनसिप खेल्ने

News Image

२१ साउन, काठमाडौं । नेपाली कराते खेलाडी सानुमाथा थिङले विश्व कराते च्याम्पियनसिप खेल्ने भएकी छन् । उनले महिला कातामा सहभागिता जनाउने छिन् । वर्ल्ड करातेले नेपाल कराते महासंघलाई पत्र पठाउँदै सानुमाथा विश्व कराते च्याम्पियनसिपमा छनोट चएको जानकारी दिएको हो । नेपाली करातेको लागि यो ठूलो उपलब्धि भएको नेपाल कराते महासंघले जनाएको छ ।

TOP