२१ साउन, काठमाडौं । मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोलीलाई बुधबार बिदाइ गरिएको छ । मलेसियाको क्वालालम्पुरमा अगष्ट ९ र १० तारिखमा हुने प्रतियोगिताको पुरुष ४० केजीमुनि केनिश खड्का, ५६ केजीमुनि आयुश बोहरा, ६६ केजीमुनि गोविन्द योञ्जन तामाङ र ७४ केजीमुनि सन्दिप बस्नेतले नेपालको चुनौती प्रस्तुत गर्ने छन् […]