समाचार

रोबर्टो कार्लोस मंगलबार बिहान नेपाल आइपुग्ने

News Image

८ वैशाख, काठमाडौँ। ब्राजिलियन विश्वकप विजेता रोबर्टो कार्लोस भोलि (मंगलबार) बिहान नेपाल आइपुग्‍ने भएका छन् । एनएसएल आयोजक नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले मंगलबार बिहान नेपाल आइपुग्ने जानकारी दिएको हो । रोबर्टो कार्लोसले ‘सी यु सुन नेपाल’ भनेको भिडियो पनि एनएसएलको आधिकारिक फेसबुक पेजमा पोष्ट गरिएको छ ।

TOP