मोदीको कडा भाषणः अब आतंककारीहरूको बाँकी धर्ती ध्वस्त पार्ने समय आएको छ
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारबाट विश्वलाई सन्देश दिए ।
पहलगाममा भएको आतंकवादी हमलापछि उनले पहिलो पटक सार्वजनिक सभालाई सम्बोधन गरेका थिए । सार्वजनिक सभा पहलगाम आक्रमणमा मारिएकाहरूलाई श्रद्धाञ्जलि अर्पण गरेर सुरु भएको थियो ।