१४ वैशाख, काठमाडौं । पोखरा थण्डर्सका आयुष घलान नेपाल सुपर लिग (एनएसएल) २०२५ को मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । पोखरा थण्डर्सलाई पहिलो पटक एनएसएलको फाइनल पुर्याउन योगदान गरेका आयुष अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट खेलाडी बने । फाइनलमा ललितपुर सिटीसँग २-१ ले पराजित भए पनि २१ वर्षे आयुषले मैदानमा भने उत्कृष्ट प्रदर्शन गरेका थिए […]