काठमाडौं । ‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’जस्ता रुचाइएका फिल्म निर्देशन गरेका निर्देशक दीपेन्द्र के खनालको आगामी फिल्म ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको तयारीमा छ । जेठ २ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा घर र डेरामा बस्नेहरूको कथा समावेश छ । घर र डेराका कारण समाजले मूल्यांकन गर्ने सामाजिक प्रतिष्ठाको कथा यसमा छ । […]