गाजा युद्धविराम प्रस्तावमा हमासलाई ट्रम्पको ३ वा ४ दिन समय, के गर्दैछ हमास?

गाजा युद्धविराम प्रस्तावमा हमासलाई ट्रम्पको ३ वा ४ दिन समय, के गर्दैछ हमास?

१५ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई आफ्नो गाजा युद्धविराम प्रस्तावमा प्रतिक्रिया दिन ‘तीन वा चार दिन’ मात्र समय दिइएको बताएका छन्। उनका अनुसार इजरायली र अरब नेताहरूले पहिले नै यो योजना स्वीकार गरिसकेका छन् । मंगलबार ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, ‘हमासले यो स्वीकार्न पनि सक्छ र नस्वीकार्न पनि । नस्वीकारे दुःखद अन्त हुनेछ।’ प्रस्तावमा वार्ताको ठाउँ छ कि भन्ने प्रश्नमा उनले भने, ‘धेरै छैन ।’ ट्रम्पले सोमबार वाशिङ्टन डीसीमा भेट भएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई योजना स्वीकार गरेकोमा धन्यवाद पनि दिए । यो टिप्पणी ह्वाइट हाउसले सार्वजनिक गरेको २० बुँदे दस्तावेजपछि आएको हो, जसमा गाजामा तत्काल युद्धविराम, हमासको कब्जामा रहेका इजरायली बन्दी र इजरायली जेलमा रहेका प्यालेस्टिनीबीच साटफेर र चरणबद्ध इजरायली फिर्ता लगायतका बुँदा समावेश छन् […]

थप पुरा समाचारको लागि
TOP