प्रधानमन्त्री कार्की र दक्षिण कोरियाका राजदूत तइयोङबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र दक्षिण कोरियाका राजदूत तइयोङबीच भेटवार्ता

२९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र दक्षिण कोरियाका राजदूत पार्क तइयोङबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

थप पुरा समाचारको लागि
TOP