मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२० असार, हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको जनकपुर उपमहानगरपालिका–४ का ४५ वर्षीय दीपेन्द्र कुमार झा छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बिहीबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका झाको उपचारका क्रममा मृत्यु भएको हो ।

थप पुरा समाचारको लागि
TOP