एमाले कार्यालय नजिकै जलाइयो ट्याक्सी

एमाले कार्यालय नजिकै जलाइयो ट्याक्सी

१५ चैत, काठमाडौं । नेकपा एमालेको कार्यालय नजिकै प्रदर्शनकारीले एउटा ट्याक्सी जलाएका छन् । तीनकुनेबाट लखेटिएका राजावादी प्रदर्शनकारीहरू अहिले उपत्यकाका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरिरहेका छन् । प्रदर्शनकारीहरूले दिउँसो पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालय छेउमा पनि आगजनी गरेका थिए । अवस्था तनावग्रस्त बनेपछि प्रशासनले तीनकुने क्षेत्रसहितका पाँच स्थानमा कर्फयु जारी गरेको छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP