नेपाल पुलिस क्लब काभा महिला भलिबलबाट बाहिरियो
२७ माघ, काठमाडौं । नेपाल पुलिस क्लब माल्दिभ्समा जारी काभा महिला भलिबल लिगको सेमिफाइनलबाट बाहिरिएको छ । सोमबार राति सम्पन्न सेमिफाइनलमा कजाखस्तानको टुरान भिसीसँग सोझो सेटमा पराजित हुँदै बाहिरिएको हो । नेपालविरुद्ध टुरान भीसी २५-१४, २५-१३ र २५-११ ले विजयी भयो । यसअघि नेपाल समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको थियो ।
थप पुरा समाचारको लागि