लङ्का–विजयपछि…

लङ्का–विजयपछि…

भारद्वाज तीन दिनको उपवास बस्दा समेत पुलकित थिए। शास्त्रीय श्रद्धाका कथाभन्दा बाहिर गई सत्यको अन्वेषणतर्फ अघि बढें भन्ने भावले विभोर। यद्यपि राम-रावण युद्धपश्चात् समाज रूपान्तरणका कैयौं विषयमा उनको मनमा प्रश्न उब्जिनै रहेका थिए। ध्यान-साधनामा समय व्यतीत गरेपश्चात् उनी मौका मिल्नासाथ रामायणको उत्तर-कथाकै शोधकर्ममा लागिहाल्थे। गुरु याज्ञवल्क्यले धेरै दिनसम्म भारद्वाजको गतिविधि र कौतूहलतामाथि गौर गरेका थिए। […]

थप पुरा समाचारको लागि
TOP