उदयपुरमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
२४ मंसिर, उदयपुर । चौदण्डी नगरपालिका–४ बसाहामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो । मंगलबार साँझ भएको दुर्घटनामा परी गम्भीर घाइते भएका राईको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
थप पुरा समाचारको लागि