बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको घट्यो

बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको घट्यो

३० साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल/मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य सूची प्राप्त भएको जनाउँदै निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरिएको जनाएको हो । निगमका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ बढेको छ । यस्तै डिजेल/मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटेको छ ।

थप पुरा समाचारको लागि
TOP