पुटिनले बर्खास्त गरेका पूर्वमन्त्री मृत फेला परे

२४ असार, काठमाडौं । रूसका पूर्व यातायात मन्त्री रोमान स्टारोभोइत मृत अवस्थामा फेला परेका छन् । रूसको अनुसन्धान समितिका अनुसार, उनलाई सोमबार राष्ट्रपति भ्लादिमिर पुटिनले पदबाट हटाएका थिए । बीबीसीका अनुसार, उनलाई बर्खास्त गर्नुको कारण भने खुलाइएको थिएन । केही समयपछि नै उप-यातायात मन्त्री आन्द्रेइ निकितिनलाई नयाँ मन्त्रीको रूपमा नियुक्त गरिएको थियो । अनुसन्धान समितिले घटनाको कारण पत्ता लगाउन प्रयास भइरहेको जनाएको छ। स्टारोभोइतलाई मे २०२४ मा यातायात मन्त्री बनाइएको थियो। यसअघि उनले करिब ९ वर्षसम्म कुर्स्क क्षेत्रको गभर्नरका भूमिकामा काम गरेका थिए […]
थप पुरा समाचारको लागि